बागमती गाउँपालिकाको आगामी आवका लागि बजेट सार्वजनिक

लोकखबर
२१ असार २०७७, आईतवार ०६:२०

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ करोड २६ लाख २४ हजार ४४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
हिजो (शनिबार) आयोजित गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङ्तानले आगामी आवका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आवको बजेटमा कृषि, रोजगार, स्वास्थ्य, विकास निर्माण लगायतका विभिन्न क्षेत्रलाई समेटिएको जनाइएको छ । गाउँपालिकाका अध्यक्षसर्केश घलानको अध्यक्षतामा गाउँसभा भएको हो ।
नयाँ आवका लागि ल्याइएको नीति तथा कार्यक्रमहरुमा गाउँपालिकामा रहेका ९ वटै वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने, गाउँपालिका भित्रका विद्यालयलाई प्राविधिक तथा व्यवसायिक बनाउन जोड दिइने, प्रचलित कानून बमोजिम सहरी विकास भवन निर्माण निती कानून मापदण्ड लागू गर्ने, राष्ट्रिय भवन आचारसंहिता बमोजिम भवन निर्माणका लागि नक्सा पासको अनुमति तथा अनुगमनमा जोड दिने लगायत रहेका छन् ।

बागमती गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस्तो छ ।

bagmati gaupalika niti-tatha-karyakram

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*