पिप्लेपोखराको वनमा रोपियो दुई सय विरुवा

लोकखबर
३ श्रावण २०७७, शनिबार ११:५५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्पेपोखरा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आज वृक्षरोपण गरिएको छ ।
सामुदायिक वनको २५ औं स्थापना दिवसका अवसरमा विभिन्न प्रजातिका २ सय वटा विरुवा रोपिएको हो । हर्रो, बर्रो, अमला, तेजपात, बेत, बाँस, पैंयू लगायतका विरुवा रोपिएको हो ।
वन समूहका अध्यक्ष रामहरी चौलागाईंको अध्यक्षता तथा सव डिभिजन वन कार्यालय, हेटौंडाका प्रमुख गायत्री शर्माको प्रमुख आतिथ्यमा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सूचना अधिकारी अच्युत लामिछाने, जनप्रतिनिधीहरु केशव श्रेष्ठ, ज्ञानबहादुर थापा, सरस्वती दहाल, भगवती विश्वकर्मा, ढुङ्गेधारा टोल विकास संस्थाका अध्यक्ष पदमबहादुर बजगाईं, पिप्लेपोखरा सामुदायिक वन उपमोक्ता समूहका पूर्व अध्यक्ष रामबहादुर राई, उपाध्यक्ष दिलबहादुर अधिकारी, किसान महासंघका केन्द्रिय अध्यक्ष सम्राट तुम्बाहाम्फे लगायतको आतिथ्यता थियो ।
करिब दुई हजार उपभोक्ता रहेको सामुदायिक वन १९९ हेक्टर क्षेत्रफलमा फैलिएको समूहका कार्य समिति सदस्य इश्वर ढुंगानाले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*