सुशान्त सिंह राजपूत केश: निर्माता महेश भट्टसँग बयान लिँदै प्रहरी

लोकखबर
१२ श्रावण २०७७, सोमबार १४:२३

मकवानपुर । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको एक महिनाभन्दा बढी भइसकेको छ । प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरिरहेको छ ।

मुम्बई प्रहरीले यो केशमा ३७ जनासँग सोधपुछ गरिसकेको छ । यसैबीच प्रहरीले निर्माता महेश भट्टसँग पनि सोधपुछ गरेको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तको आत्महत्याको विषयमा सोधपुछ गर्नका लागि प्रहरीले महेशलाई बोलाएको हो । यसअघि सञ्जय लीला भन्साली, आदित्य चोपडा लगायतलाई पनि प्रहरीले बोलाएर सोधपुछ गरिसकेको छ ।

प्रहरीले बलिउड अभिनेत्री कंगना रनावत र धर्मा प्रोडक्सनलाई पनि पत्र पठाएको छ ।

सुशान्त सिंह राजपूतले गत जुन १४ मा आफ्नै आवासमा झुण्डिएर आत्महत्या गरेका थिए । ३४ वर्षीय सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ ।

बलिउडमा नेपोटिज्मका कारण बाहिरबाट आउने कलाकारले मौका नपाउने बहस भइरहेको छ ।

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ हालै डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो । उक्त फिल्मलाई दर्शकले रुचाएका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*