मकवानपुरमा पुष्पलाल मित्रता केन्द्र, अध्यक्षमा मदन दाहाल

मकवानपुर । मकवानपुरमा पुष्पलाल मित्रता केन्द्रको जिल्ला कमिटी निर्माण भएको छ । आज भएको भेलाले मदन दाहालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्र गठन गरिएको हो । केन्द्रको उपाध्यक्षद्वय तेजप्रसाद रुपाखेती, उपाध्यक्ष सिर्जना थिङ, सचिव कमानसिं पाख्रीन, उपसचिव इश्वर ढुंगाना, कोषाध्यक्ष प्रकाश पाण्डे रहेका छन् ।
यस्तै, सदस्यहरुमा भूमीनन्द अर्याल, नवराज ठकुरी, गिरिजा अधिकारी, भोजराज ढकाल, खेमराज सापकोटा, शिवहरी बर्तौला, कल्पना बलामी, ध्रुव अधिकारी, इश्वरी रसाइली, यशोदा उप्रेती, सुधिर थापा, देवेन्द्र कोइराला, रामबहादुर राई, सरोज खनाल, पुनम भट्टराई, तारानाथ खतिवडा, रञ्जित राना, मोहनचन्द्र चौलागाईं, नानीमाया विष्ट, श्रीराम दाहाल, शिव चौलागाईं, दीपेन्द्र ढकाल, निबन्ध लामा, महेश चेपाङ, पुरुषोत्तम आचार्य, अशोक सारु मगर र सुलभ अधिकारी रहेका छन् ।
मित्रता केन्द्रका केन्द्रिय सदस्य रामकुमार एलनको अध्यक्षता तथा केन्द्रका केन्द्रिय सचिवालय सदस्य, प्रतिनिधीसभा सदस्य, नेकपा केन्द्रिय केन्द्रिय सदस्य तथा नेकपा मकवानपुरका इन्चार्ज विरोध खतिवडाको प्रमुख आतिथ्यमा भेला भएको हो ।
भेलामा नेकपा मकवानपुर अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, सचिव एवं बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, संविधानसभा सदस्य राजाराम स्याङतान, पार्टीका नेताहरु गोमा तिमल्सिना, श्रीधर पोखरेल, मीना लामा, भगवती पुडासैनी लगायतको आतिथ्यता थियो ।