भारतमा कोरोनाका धेरै संक्रमित देखिएका ठाउँमा अगष्ट ३१ सम्म पूर्ण लकडाउन

लोकखबर
१५ श्रावण २०७७, बिहीबार ११:४६

मकवानपुर । भारतले कोरोना संक्रमण धेरै भएका ठाउँमा पूर्ण लकडाउन जारी राख्ने भएको छ ।

चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा अगष्ट ३१ अर्थात् भदौ १५ गतेसम्म नै लकडाउन गर्ने भएको छ । सङ्क्रमित कम भएका ठाउँमा भने लकडाउन खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

यस्तै भारतले लगाउँदै आएको रात्रीकालीन कर्फ्यु हटाउने निर्णय गरेको छ भने जीम र योग संस्था खोल्ने निर्णय गरेको छ ।

शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ भने अगष्ट ३१ सम्म नै बन्द हुने भएका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*