कोभिडबाट सुरक्षित रहेर दशैं मनाउँन मकवानपुरगढी गाउँपालिकाको आग्रह

लोकखबर
२०७७ कार्तिक ४, मंगलवार ०६:१६

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कोरोनाका कारण सुरक्षित र संयमित ढंगबाट दशैं मनाउँन पालिकाबासीलाई आग्रह गरेको छ ।

पालिकाले स्वास्थ्य मापदण्ड पालना गरी दशैं मनाउनका लागि बैठक बसी आग्रह गरेको पालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए ।

पालिकाले सूचना नै जारी गर्दै कोरोना भाइरसबाट बच्न सुरक्षा मापदण्ड अपनाई चाडपर्व मनाउन अनुरोध गरेको हो ।

‘कोभिड १९’ को जोखिम नियन्त्रणका लागि पालिकाले विभिन्न सचेतनामूलक अभियान संचालन गर्ने निर्णय गरिएको छ ।

वडा कार्यालयले टोल विकास संस्थाको बैठक राखि स्थानिय निगरानी समुह गठन गर्ने र सोही समूह मार्फत उल्लेखित सूचनाको प्रचार प्रसार गराउने, कोभिड-१९को जोखिमका विषयमा सचेतना मुलक सन्देशहरु प्रवाह गराउने, भीडभाड हुन नदिने, जथाभावी टिका लगाउने प्रयोजनका लागि हिडडुल गर्न नदिने तथा कोभिड संक्रमितको तथ्यांक संकलन गर्ने अध्यक्ष हुमागाईंले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको