गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रीको दशैँभत्ता कोरोना कोषमा

लोकखबर
२०७७ कार्तिक ५, बुधबार १३:०७

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको दशैँ भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

 

विगतमा पनि १ महिनाको पारिश्रमिक कोषमा दिएको जानकारी गराउँदै मन्त्री बस्नेतले दशैँ भत्ता पनि कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको जनाए ।

कोभिड १९ को उपचार र व्यवस्थापन सम्बन्धमा सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गर्दै प्रदेश सरकारले कोरोनाको उपचार निःशुल्क रूपमा यथावत राख्ने स्पष्ट पारेको छ ।

गण्डकी प्रदेशका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको र पीसीआर परीक्षण एवं उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको