मौसम अपडेट :
बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना छ ।
बागमती, प्रदेश १, प्रदेश २ का केही ठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।
यी प्रदेशका एकाध ठाउँमा मौसम परिवर्तन भई हल्का वर्षाको सम्भावना रहेपनि देशका अन्यत्रको मौसम भने सफा रहने महाशाखाको भनाई छ ।











































