हेटौंडाको यी वडामा थपिए संक्रमित
मकवानपुर । मकवानपुरमा आज (सोमबार) विहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडास्थित गोरक्षश्वर कोभिड १९ स्वाब संकलन केन्द्रमा हिजो (आइतबार) संकलन गरिएको स्वाबको रिर्पोट आज विहान सार्वजनिक गरिएको हो ।
हेटौंडा १० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट अनुसार मकवानपुरका ८ महिला र १५ जना पुरुषलाई संक्रमण भएको हो ।
संकलित १३० जनाको स्वाबमा २३ जनामा कोरोना पुष्टि भएको हो भने १०६ जनाको रिर्पोट नेगेटिभ आएको छ। हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रर्बद्दन शाखाका जनस्वास्थ्य निरिक्षक, कोभिड फोकल पर्सन भोला चौंलागाईंका अनुसार संकलित स्वाब संख्याको १८ प्रतिशतलाई कोरोना पुष्टि भएको हो ।
आज (सोमबार) संक्रमण पुष्टि हुनेमा हेटौंडा १, हेटौंडा ४, हेटौंडा ५, हेटौंडा ६, हेटौंडा ८ का २/२ जना रहेका छन्। यस्तै, हेटौंडा ९ का ४ जना, हेटौंडा १० का १ जना, हेटौंडा १८ का १ जनालाई कोरोना पोजिटिभ देखिएको कोभिड फोकल पर्सन चौलागाईंले जानकारी दिए ।
मकवानपुरगढी र मनहरी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको छ भने बकैया गाउँपालिकाका पनि १ जना संक्रमित भएका छन् ।
सार्वजनिक गरिएको रिर्पोटमा मकवानपुर बाहिर प्युठानका एक जनालाई पनि कोरोना पुष्टि भएको छ ।











































