१४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक जारी

लोकखबर
२०७७ कार्तिक १७, सोमबार १६:०५

मकवानपुर । १४ औं महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यहरु सहभागी छन् ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत, केनद्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, आन्नदप्रसाद ढुंगाना, ज्ञानेन्द्रबहादुर कार्की, डा. रामशरण महत, बलबहादुर केसी, रमेश लेखक, डा. चन्द्र भण्डारी, गगन थापालगायतका नेताहरु सहभागी छन् ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने बताइएको छ ।

पार्टीको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।

कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको