बिहार विधानसभा चुनाव : आज ९४ सिटका लागि मतदान हुँदै
मकवानपुर । बिहारमा जारी विधानसभा चुनावमा आज ९४ सिटका लागि मतदान हुँदै छ । दोस्रो चरणमा १७ जिल्लाका ९४ सिटका लागि मतदान भइरहेको बीबीसीले जनाएको छ ।
मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजे सकिनेछ । २४३ सिट रहेको बिहार विधानसभाको आधाभन्दा बढी सिटमा मंगलबार मतदान सम्पन्न हुनेछ । दोस्रो चरणको मतदानका लागि बिहारमा एक हजार चार सय ६३ उमेदवार छन् ।
बिहारमा विपक्षीका तर्फबाट मुख्यमन्त्रीका उमेदवार तेजस्वी यादव, उनका दाजु तेजप्रताप यादव तथा अन्य कैयौं मुख्य नेताहरुको भाग्यको फैसलाका लागि दोस्रो चरणको मतदान भइरहेको हो । २४३ सिट रहेको बिहार विधानसभामा पहिलो चरणको मतदान २८ अक्टुबरमा भइसकेको थियो । जुन् ७१ सिटका लागि मतदान भएको थियो ।
२०१५ को विधानसभा चुनावमा यी ९४ सिटमा आरजेटी सबैभन्दा धेरै सिटमा विजय हासिल गर्दै ठूलो पार्टीका रुपमा उदाएको थियो । सन् २०१५ मा यी ९४ सिटमा आरजेडीले ४५.३ प्रतिशत मत प्राप्त गरेको थियो । अहिले जुन-जुन क्षेत्रमा मतदान भइरहेको छ यो बिहारको निकै पछाडि परेको क्षेत्रका रुपमा परिचित छ ।
२०१५ को विधानसभा चुनावमा ९४ सिटमध्ये ३३ आरजेडी, ३० जेडीयू, २० बीजेपी, सात कंग्रेस, दुईव एलजेपी तथा दुई सिटमा अन्य पार्टी विजयी भएका थिए । बाह्रखरी डटकमबाट











































