सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

लोकखबर
२०७७ कार्तिक १९, बुधबार १३:२६

मकवानपुर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको भन्दा यो मूल्य ९०० सय रूपैयाँले बढी हो ।

यस्तै तेजावी सुन पनि आज प्रतितोला ९०० रूपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२०५ रूपैयाँमा कारोबार भइरहेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको