बाइडेन र कमलालाई प्रधानमन्त्रीको बधाई
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धा दिएका हुन् । ‘शानदार र ऐतिहासिक जितको लागि तपाईंहरुलाई बधाई छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’
दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि ओलीले उल्लेख गरेका छन् ।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन ४६ औं राष्ट्रपति निर्वाचित भएका छन् ।शिलापत्र डटकमबाट











































