मनहरीमा ३५ वटा खानेपानी योजना, सडक निर्माण तीव्र

लोकखबर
२०७७ मंसिर ३, बुधबार ०६:३६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गत आर्थिक वर्षमा ३५ वटा खानेपानीको योजना निर्माण भएका छन् ।

पालिकाका सबै वडामा गरी बोरिङ गरेर पानी तान्ने, मुहानबाट पाइप मार्फत पानी ल्याउने लगायतका योजना निर्माण भएको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

अध्यक्ष उप्रतीका अनुसार गत आर्थिक वर्षमा एक सय ४६ वटा सडक निर्माणका योजना सकिएका छन् । उनका अनुुसार पालिकाले पूर्वाधार विकासमा पनि सबैभन्दा बढी सडक निर्माण कार्य गरेको छ । अध्यक्ष उप्रेतीले गाउँपालिकाले सडक निर्माणजस्ता भौतिक विकासको कामलाई तीव्रताका साथ निरन्तरता दिइने जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको