प्रधानमन्त्री ओलीले फेरि गर्लान् संसद विघठन ? 

लोकखबर
२०७७ चैत्र ३, मंगलवार २०:२४

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार आव्हान गरेको सर्वदलीय बैठकमा अब दलहरुका बीच राजनीतिक निकासका विषयमा बहस होला भन्ने धेरैको अपेक्षा थियो । तर, यो अपेक्षा भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधी सभा विघठन गर्ने संकेत गरेका छन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सरकार र संसद् राम्रोसँग सञ्चालन नभएमा संसद् विघटन गरेर निर्वाचनमा जानुपर्ने बताए। सर्वोच्च अदालतले प्रतिनिधीसभा विघठन असंवैधानिक फैसला गरेपनि प्रधानमन्त्री ओलीले विघठनको आफ्नो निर्णय सही भएको तर्क गरे । ओलीले सरकार र संसद् नचले फेरि पनि विघटन हुने बताँउदै यसमा आश्चर्य मान्नु नपर्ने सुनाए । ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा असन्तुष्टि समेत जनाएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा सहभागी दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । राष्ट्रपति भण्डारीले आफूले संविधानको पालना गरेको जवाफ दिएकी छिन् ।

राष्ट्रपति भन्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सरकार र संसद राम्रोसंग नचले विघठनमा जानुपर्ने बताएपछि कतै प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक परिस्थितीलाई कारण मानेर फेरि पनि प्रतिनिधीसभा विघठन गर्न खोजेका त होइनन् भनेर आशंका गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको