मकवानपुरमा ४,४५९ जनाले जिते कोरोना
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढ्न थालेको छ । अहिलेसम्म जिल्लामा ४ हजार ४ सय ५९ जना संक्रमणुमक्त भएका छन् ।
सोमबार (हिजो) थप ९६ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनमा रहेका ८७ जना र संस्थागत आइसोलेसनमा बसेका ९ जना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसअघि आइतबार ९२ जना कोरोना संक्रमणमुक्त भएका थिए ।
मकवानपुरमा सोमबार (हिजो) थप १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।











































