हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग

लोकखबर
२०७८ जेष्ठ १६, आईतवार ०६:१५

मकवानपुर । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ ले शनिबार हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारका लागि ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

अक्सिजनको अभावमा कुनै पनि संक्रमित व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने सोचले अक्सिजन सिलिन्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवी दाहालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको आतिथ्यता रहेको थियो ।

अक्सिजन सहयोग कार्यका लागि टोल विकासका सुधीर थापा,पदम बजगाई,उद्धव बहादुर थापा, ताराप्रसाद अधिकारी,शिवबहादुर थापा,टिकाबहादुर खड्का,देव बहादुर बूढाथोकी, ईन्द्रबहादुर कार्की, पार्वती के.सी.ले आर्थिक सहयोग गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको