राक्सिराङ गाउँपालिकालाई हिमाल मुटु अस्पतालको ५ थान अक्सिजन कन्सन्ट्रेटर
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको पहलमा हिमाल मुटु अस्पताल काठमाडौंले जिल्लाको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
हिमाल मुटुको सहयोगमा हेटौंडा उपमहानगरपालिका ६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटि अस्पतालको प्राङगणमा अक्सिजन कन्सन्ट्रेटर नेताद्वय डिना र बानियाँले संयुक्त रुपमा राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सन्ट्रेटर बुझ्दै गाउँपालिका अध्यक्ष मल्लले विकट राक्सीराङका गरिब, तामाङ र लोपोन्मुख चेपाङ, प्रजालाई कोरोना महामारीमा धेरै राहात पुग्ने बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुन चौलागाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हिमाल मुट अस्पतालकी अध्यक्ष गोमा गौतम, डाक्टर अमन गौतम, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई, सचिव दीपक तिवारी, कांग्रेसका महाधिबेशन प्रतिनिधि ईश्वर पण्डित, महिला संघ जिल्ला सचिव निलम देवकोटा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रमेश कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।











































