मनहरीमा बोलेरो गाडी दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

लोकखबर
२०७८ असार १६, बुधबार ०९:१९

मकवानपुर । मकवानपुरको मनहरीमा आज बुधबार विहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

वीरगंजबाट मनहरीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे स्थित पूर्व पश्चिम सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोलेरो चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी २५-३० वर्षका मृतकको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार बोलेरोमा सवार बारा जिल्ला महागढी नगरपालिका वडा नम्बर ४ का ३२ बर्षीय केदारनाथ थारु गम्भरि घाइते भएका हुन् ।

घाइते थारुको उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रहरीका अनुसार बोलेरो गाडी सडकबाट अन्दाजी ७०/८० मिटर तल राप्ती खोलामा खसेको हो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको