मकवानपुरमा ११ हजार ७ सय ७४ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा ११ हजार ७ सय ७४ जना कोरोना संक्रमणुमक्त भएका छन् । आइतबार ३० जना संक्रमणमुक्त भएका छन् ।
आइतबार थप ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । होम तथा संस्थागत आइसोलेसनमा रहेका हेटौंडा उपमहानगरपालिकाका हेटौंडा उपमहानगरपालिकाका ६ जना,थाहानगरपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ११ र भीमफेदी गाउँपालिकाका २ जना गरी ३० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।











































