छोराको कुटाइबाट वृद्ध बुबाको मृत्यु

लोकखबर
२०७८ श्रावण ११, सोमबार १६:१८

मकवानपुर । इलाम देउमाई नगरपालिका( २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको छोराको कुटाइबाट मृत्यु भएको छ ।
गत बिहीबार ३४ वर्षीय गिर्जमानले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए ।
कुटपिटबाट घाइते भएका टेकबहादुरलाई उपचार गर्न बिर्तासिटी अस्पताल विर्तामोड लगिएको थियो । तर निको नभएपछि घर लैजाने क्रममा
आइतबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलालले जनाएको छ । छोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको