नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

लोकखबर
२०७८ श्रावण १२, मंगलवार ११:१४

मकवानपुर । ।राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए । ‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार पौने ११ बजे उनले रातोपाटीलाई बताए । रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको