गुल्मीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ७ घाइते (अपडेट)
मकवानपुर । गुल्मी जिल्लाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जिप दुर्घटनामा परेको छ।
जिल्लाकै मुसीकोटमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै ७ जना घाइते भएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।
जिपमा १० जना सवार रहेको प्रहरीले जनाएको छ। नेपालखबर डटकमबाट











































