एमालेको आरोप : भारतसँग डराएर सरकारले दार्चुला घटना ढाकछोप गर्‍यो

लोकखबर
२०७८ श्रावण १९, मंगलवार १३:४४

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाको मालघाटस्थित महाकाली तरिरहेका बेला तुइन काटेर नेपाली युवकको ज्यान लिने भारतीय कदमविरुद्ध सरकारले सशक्त प्रतिरोध गर्न नसकेको आरोप लगाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै दार्चुलाबाट निर्वाचित एमाले सांसद गणेशसिंह ठगुन्नाले आफ्ना नगारिकको ज्यान गएको गम्भीर घटनामा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँग कुरा गर्न डराएको बताएका हुन्।
भारतीय पक्षबाट एउटा नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्दैन। प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेको छ, उनले भने, गृह प्रशानसले पनि यसलाई गम्भीर रुपमा लिइरहेको छैन। भारतीय थानमा पनि पीडित पक्षले किटानी जाहेरी दिइसकेका छन्। स्थानीय प्रशासन र गृहनम्त्रला दुवै ढाकछोपमा लागेका छन्।उनले नेपाली युवक जयसिंह धामीको ज्यान लिने गरी तुइन काटिएको घटना अक्षम्य अपराध भएको उनले बताए। यस प्रकारको जघन्य बर्बर र मानवताविरोधी घटना हो। सरकारले अविलम्ब भारतसँग आपत्ति जनाओस्। उक्त घटनामा संलग्न एसएसबीमाथि कारबाही होसु, उनले भनेुुेजयसिंह धामी तुइनबाट तरिरहँदा तार फुकालिदिँदा हार गुहार माग्दा पनि एसएसबीले सुनेनन्। युद्धरत राष्ट्रमा पनि जिउ ज्यान जोगाउने काम हुन्छ। मालघाटमा निर्दोष नेपाली नागरिकको ज्यान लिइएको छ। प्रत्यक्षदर्शीहरुले पनि देखेका थिए तार फुकालिदिएको तर सरकार त्यसलाई सुनेर पनि नसुनेको झैँ गर्छ।
ठगुन्नाले भौगोलिक रुपमा टाढा भएर कालापानी काठमाडौंलाई नदुखेको बताए।सरकारलाई कालापानी किन दुख्दैनरु कालापानी टाढा भएर होला। दार्चुला घटना दोहोरिन नदिन दार्चुला(कालापानी(तिंकरलाई राष्ट्रिय गौरवको बनाइयोस् उनले भने, ताकि नेपाली नागरिकले तुइन तर्न नपरोस्। यो घटना छानबिनका लागि संसदीय समिति गठन गरियोस्। यो घटनामा भारतसँग विरोध जनाइयोस्। मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिइयोस्।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको