एमाले नेपाल समूहको आजको केन्द्रिय कमिटीको बैठकको यस्ता छन् एजेन्डा
मकवानपुर । नेकपा एमाले (नेपाल समूह) को आज विहीबार केन्द्रिय कमिटीको बैठक हुदैछ । बैठकमा पार्टी एकता र सरकारमा सहभागिताबारे आवश्यक निर्णय लिइने जनाइएको छ ।
बुधबार नै बस्ने भनिएको केन्द्रीय सदस्यहरुको बैठक आवश्यक तयारी नपुगेको र केन्द्रिय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै बैठक आज विहीबारका लागि सारिएको थियो । एमाले माधव पक्षका एक नेताका अनुसार बैठक आज बिहान ११ बजे बुद्दनगरको क्वालिटी पार्टी प्यालेसमा बस्नेछ ।
यसैबिच, नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएकोमा एमालेले आपत्ति जनाएको छ । साथै बैठकमा सहभागी नहुन समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी नेपाल समूहले जारी गरेको बैठक आधिकारिक नभएको जनाएका छन् ।











































