उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीनै जिल्लाका सिडिओ बैठक बस्दै
मकवानपुर । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ। मंगलबारआज जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरमा प्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बसी निषेधाज्ञाबारे निर्णय लिने छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार आज दिउँसो दुई बजे बैठक बस्ने तयारी छ। ‘कोरोना सक्रमण जोखिम कायमै छ,त्यसैले निषेधाज्ञा थप्नुपर्ने आवश्यक देखिएको छ,यस विषयमा बैठकमा छलफल गरेर निर्णय हुन्छ,’उनले भने।
बैठकमा छलफल गरेर मात्र कुन(कुन क्षेत्रमा रोक लगाउने र खुलाउने निर्णय गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। उपत्यकाको जारी निषेधाज्ञा आगामी भोलि बुधबार सकिदै छ।
नेपालमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो। थाहाखबर डटकमबाट











































