मिस नेपाल युएसमा १० प्रतियोगी
मकवानपुर । मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह, गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।
२५ सेप्टेम्बरमा न्यूयोर्कको क्विन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको मिस नेपाल युएस विशुद्ध सौन्दर्य प्रतियोगिता नभएर एउटा सामाजिक अभियानको रुपमा समेत चिनिएको छ ।
इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज लगाउन सफल भएकी थिइन् । मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत प्राप्त गरेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० वर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो ।रातोपाटी डटकमबाट












































