नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच लगाउन खोज्ने युवक पक्राउ
मकवानपुर । संग्रहालयमा राखिएको श्रीपेच लगाउन खोज्ने एकजना युवकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचलाई सिसा फुटाएर लगाउन खोज्ने एक युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम पश्चिम घर भएका २५ बर्षीय खेमबहादुर भण्डारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन ।शुक्रबार संग्रहालय घुम्न छिरेका भण्डारीले श्रीपेच राखिएको सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बैदेशिक रोजगारीबाट आएका उनले म अब श्रीपेच लगाएर राजा बन्ने हो भन्दै श्रीपेच फुटाउन लागेको अवस्थामा नियन्त्रणमा लिएको र सोधपुछका लागि दरबारमार्ग प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ । प्रस्टखबर डटकमबाट











































