मकवानपुरमा मनाइयो प्रहरी दिवस

लोकखबर
२०७८ आश्विन १७, आईतवार १७:०२

मकवानपुर । आज ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मकवानपुरमा पनि मनाइएको छ । दिवसका अवसरमा हेटौंडामा वृक्षरोपण गरिएको छ । कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक नगरबासीले आफ्ना घर आँगन, बगैचामा वृक्षरोपण गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा भएको हेटौंडाको कर्रा खोला किनारमा वृक्षरोपण गरिएको हो । कार्यक्रममा अमला,आँप कटहर लगायतको विरुवा रोपिएको छ ।

यस्तै, हेटौडा २ मा रहेको वनस्खण्डी मन्दिरको सरसफाई गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाइ गरिएको हो ।

मन्दिरको प्रवेशद्वारदेखि चढ्ने सिढी तथा परिसरमा रहेका पातपतिगंर हटाईएको थियो । चाडवाडमा मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयलाई सहयोग पुग्ने हिसाबले सरसफाई गरिएको जनाइएको छ ।

यस्तै, नजिकिएको चार्डपर्वसंगै बढदै गरेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ ।
हेटौंडाको बुद्दचोकमा मास्क नलगाइ हिड्ने पैदल यात्रीलाई मास्क वितरण गरिएको हो । प्रहरीले मास्क नलगाउनेलाई जरिवाना तिराउने र मास्क वितरणको कामलाई प्रभावकारी बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी,मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ती डिभिजन वन कार्यालयको दिर्घनारायण कोइराला लगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको