दशैलाई लक्षित गरि हेटौंडाका विभिन्न स्थानमा सरसफाइ गरिदै

लोकखबर
२०७८ आश्विन २०, बुधबार १९:४५

मकवानपुर । हेटौडा–५ शान्तिनगर चोकमा सप्ताब्यापि कार्यक्रमलाइ निरंतरता दिदै सरसफाई गरिएको छ । कार्यक्रम मिलन सेढाईको आयोजनामा शुक्रबार २२ गते बानियाँ टोल हुदै रुद्रेस्वर मार्गसम्म सरसफाइ गर्ने तालिका रहेको सयुक्त युवा क्लबका अध्यक्ष बिशाल राज महतले जनाएको छ ।

त्यस्तै आज बिहान मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययन रत्त रहेका कक्षा ११ र १२ को विद्यार्थीहरुको सहभागितामा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । विद्यार्थीहरुले क्याम्पस नजिक भएका स्थानहरुमा सरसफाई गरेको थियो ।

नेपालीहरुले मनाउँने महान चाडपर्वको रुपमा बिजया दशमी तथा बिहिबार (भाली) घटस्थापना रहेको हँदा चाडवाडमा मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयलाई सहयोग पुग्ने हिसाबले सरसफाई कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख अथिति सयुक्त युवा क्लबका अध्यक्ष बिशाल राज महत रहेको थियो भने ५ नम्बर वडा अध्यक्ष राजेस बानियाँको विशिष्ठ अथिति रहेको थियो । यस्तै वडा सदस्यहरु, प्रतिनिधिहरु तथा स्थानीयको सहभागीमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको