हेटौंडामा इन्जीनियरहरु द्वारा बिरोध प्रदर्शन
हेटौंडामा इन्जीनियरहरु द्वारा हातमा कालो पट्टि सहित बिरोध कार्यक्रम गरेका छन् ।
संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना कार्यालय जनकपुरका नि. इन्जिनियर प्रमुख ई.राजेश कुशवाहा लगायतको कर्मचारी माथि गरिएको अमानवीय ब्यबहारको बिरुद्धमा आज बिहान हेटौंडाको बुद्ध चोकमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको आयोजनामा मकवानपुरका सरकारी कार्यालयका तथा निजि कन्सल्टेन्सीका इन्जीनियरहरु द्वारा बिरोध प्रदर्शन कार्यक्रम भएको हो |
कानुनी राज्यमा इन्जीनियरहरुलाई कुनैपनि तरिका बाट अमानबिय ब्यबहार हुन नहुने र दोषीहरु लाइ कडा भन्दा कडा कारवाही गर्नु पर्ने हेटौंडा उपमहानगरपालिका भवन इजाजत शाखाको महाप्रबन्धक सत्यनारायण शाहले बताएका छन् ।
बिहीबार दिउँसो जनमत पार्टीका कार्यकर्ताहरुले उनलाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको थियो । उक्त बिरोध कार्यक्रममा सरकारी तथा निजि कार्यालयका इन्जीनियरहरुको उपस्थिति रहेको थियो |











































