एमाले कैलाशको ७ वटा वडामा अधिवेशन सम्पन्न
मकवानपुर । एमाले कैलाश गाउँपालिकाको १० वटा वडा मध्ये ७ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार गाउँपालिकाको १० वटा मध्ये ७ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको कैलाश एमालेका अध्यक्ष पुण्य भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको वडा नंबर ४, ७ र ८ वडा बाहेक सबैमा वडा अधिवेशन सम्पन्न भएको छ । उनले बाँकी तीन वटा वडाको अधिवेशन भोलि गर्ने तयारी रहेको बताए । उनका अनुसार सबै वडामा सर्वसम्मत ३१ सदस्यीय कमिटी निमार्ण भएको छ ।
यि हुन् कैलाश एमालेका वडा अध्यक्षहरु
एमाले कैलाश १ नम्बर वडा अध्यक्षमा राजेन्द्र लामा
एमाले कैलाश २ नम्बर वडा अध्यक्षमा मौसम घलान
एमाले कैलाश ३ नम्बर वडा अध्यक्षमा किताब सिं थिङ
एमाले कैलाश ४ नम्बर वडा अधिवेशन हुन बाँकी ९भोलि हुने कार्यक्रम रहेको जानकारीमा आएको०
एमाले कैलाश ५ नम्बर वडा अध्यक्षमा टेक बहादुर लो
एमाले कैलाश ६ नम्बर वडा अध्यक्षमा प्रदिप नेगी
एमाले कैलाश ७ नम्बर वडा अधिवेशन हुन बाँकी (भोलि हुने कार्यक्रम रहेको जानकारीमा आएको)
एमाले कैलाश ८ नम्बर वडा अधिवेशन हुन बाँकी (भोलि हुने कार्यक्रम रहेको जानकारीमा आएको)
एमाले कैलाश ९ नम्बर वडा अध्यक्षमा सुमन लतौला
एमाले कैलाश १० नम्बर वडा अध्यक्षमा सुर्य बहादुर ब्लोन











































