तत्काल राहतको व्यवस्था गरिनुपर्छः वरिष्ठ नेता रामचन्द्र पौडेल

लोकखबर
२०७८ कार्तिक ७, आईतवार १४:४८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन्।

कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उनले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताएका हुन्।

‘बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएको रहेछ। जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ’, उनले भने, ‘अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु।’

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताए।’कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ।

त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ’, उनले भने, ‘जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन।’वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको