राष्ट्रिय अपाङ्ग महासंघको चौथौं साधारणसभा र दोस्रो अधिवेशन मंसिर २४ र २५ गते हुँने

लोकखबर
२०७८ कार्तिक ७, आईतवार १६:०६

मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले आज पत्रकार सम्मेलन गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका सचिव कृत्तन श्रेष्ठ दुवालले प्रेस विज्ञप्ति मार्फत महासंघको चौथौं साधारणसभा र दोस्रो अधिवेशन मंसिर २४ र २५ गते हुने बताएका छन् । महासंघको चौथौं साधारणसभा र दोस्रो अधिवेशनमा २ जनाको उम्मेद्धारी रहने व्यवस्था रहेको छ । जसमा एक जना महिला हुँनै पर्ने प्रावधान रहेको उनले बताए ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गरी सम्बन्धीत निकाय समक्ष खबरदारी गर्दै अपाङ्गता भएको व्यक्तिहरुको जीवन रक्षाको निम्ति महत्त्वपूर्ण भूमिका खेलेको बताए। बागमती प्रदेशमा २ वर्ष पहिला करिब ९८ हजार अपाङ्गता भएका व्यक्तिहरु रहेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले बताएका हुन् । प्रदेशमा १ सय ३७ वटा अपाङ्गता संस्थाहरु अवद्ध रहेता पनि ६८ वटाले मात्र नविकरण गरेको बताए।

विधानमा १९ सदस्यको कमिटी हुनुपर्ने प्रावधान रहेपनि जम्मा १५ जना रहेको तथा एक जनाको निधन भएका कारण अहिले जम्ममा १४ जना मात्र कमिटीमा रहेको लम्सालले बताए। महासंघको पहलमा बागमती प्रदेशको १ सय १९ स्थानीय तहमा समुदायमा अधारित पूर्ण स्थापना कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन भएको दुवालले बताएका छन्। मंसिरमा हुने निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिहरुको विविधतालाई मध्यनजर गरी पहुँचयुक्त भोटिङ् मेसिन प्रयोगको व्यवस्था मदतानमा मिलाईने उनले बताए।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको