मउवा संघको उम्मेदवारी दर्ता, भोली निर्वाचन हुँने

लोकखबर
२०७८ कार्तिक ८, सोमबार १२:४८

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको चुनावी कार्यतालिका अनुसार आज उमेदवारी दर्ता हुने भएको छ । भोली बिहानबाट मतदान हुने भएको हो।

आज सबै पदमा उमेदवारी दर्ता गर्ने, दाबी विरोधको समय र भोली बिहानैबाट मतदान गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत इश्वरराज ढकालले जनाएको छ।

अधिकृत ढकालका अनुसार विहान ८ बजे मतदाता नामावली प्रकाशन र साढे १० बजे देखी १२ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय रहेको छ ।

आजै १२ः३० बजे उम्मेदवारको नामावली प्रकाशन, १ बजे सम्म दाबी विरोध, विरोध भएमा छानविन र फिर्ता लिने काम सकिए लगत्तै ४ बजे अन्तिम नामावली प्रकासन गरि निर्वाचन सम्बन्धी निर्देशिका एंव् सुचना प्रकासन गरिने निर्वाचन अधिकृत ढकालले बताए ।

भोली ९ गते भने विहान ९ बजेबाट पल्पसा सभागृहमा मतदान सुरु हुने र अपरान्ह ४ बजे मतदान कार्य समाप्त हुने जनाइएको छ । मतदान स्थलमा प्रचारप्रसार भने गर्न नपाइने जनाइएको छ ।

निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावी मैदानमा राजकुमार न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् ।

त्यस्तै सदस्य पहको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउतलगायतत रहेका छन् ।

यस्तै अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, वस्तुगततर्फको उपाध्यक्ष पदमा काब्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, सन्तोष कुमार अर्याल,गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक र सितादेवी भेटुवाल रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको