सर्वोच्चको फुलकोर्ट बैठक स्थगित, १४ न्यायाधीशको छुट्टै बैठक जारी

लोकखबर
२०७८ कार्तिक ८, सोमबार १३:४८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ ।

सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो।

प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए। तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ। बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ। यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको