हेटौंडा उपमहानगरपालिकाले गरे मकवानपुरे टोलीलाई विदाई

लोकखबर
२०७८ कार्तिक ९, मंगलवार १६:०६

मकवानपुर । काठमाडौंमा जारी भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा सहभागि हुँने मकवानपुरे टोलीलाई विदाई गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले आज एक कार्यक्रम आयोजना गरी खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई विदाई गरिएको हो ।

खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुलाई हेटौंडा उपमहानगरपालिकाकी उप प्रमुख मिनाकुमारी लामा, खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिका अध्यक्ष चन्द्र शाही लगायतले जीतका लागि शुभकामना व्यक्त गर्दै बिदाई गरेका हुन् ।No description available.                                               उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा सहभागि हुँने मकवानपुरे टोली

उपमेयर कपमा समूह एफ.मा रहेका हेटौंडा उपमहानगरले पहिलो खेल कात्तिक १० गते गैडाकोट नगरपालिकासंग खेल्ने छ । यस्तै दोस्रो खेल अगामि कात्तिकको १२ गते तुल्सीपुर नगरपालिकासंग खेल्ने भएको छ। खेल सातोदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेसंगै मकवानपुर फुटबल संघले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा केही दिनको प्रशिक्षण पश्चात १८ सदस्यीय खेलाडी छनौट गरिएको थियो । जसमा ११ जना प्रत्यक्ष र ७ जना बैकल्पिक खेलाडी छनौट भएका हुन् । प्रशिक्षणमा जिल्लाभरीका ३० भन्दाबढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेका छन् । छनोटको खेलमा फाइनल पुग्ने टोलीले महिला राष्ट्रिय लिगमा स्थान बनाउने छन् ।

मकवानपुरे टोली

खेलमा सोनु मैनाली र समिना स्याङ्तान गोलरक्षकको जिम्मेवारी पाएका छन् । एलिना मगर, दिक्षा मोक्तान, मनिषा माया जिम्बा, सावित्री प्रजा, अन्जु गोले र पुर्णिमा थोक्करले डिफेन्डरको जिम्मेवारी पाएका हुन् । यस्तै मिडफिल्डरः विना डिम्डुङ्ग, सावित्री श्रेष्ठ, बसन्ती माया दोङ, प्रमिला लामिछाने, पुजा मोक्तान, लक्ष्मी गोले र रिना पाख्रीन रहेको छ । भने फर्वाडमा संजिता भोम्जन, धनमाया थिङ र सुजिता भोम्जन रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको