मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख शर्मा समक्ष दिइन राजिनामा

लोकखबर
२०७८ कार्तिक १०, बुधबार १५:०८

मकवानपुर । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा बुझाएकी छिन् । प्रदेश प्रमुखको कार्यालय, हेटौंडामा पुगेर मुख्यमन्त्री शाक्यले राजिनामा बुझाएकी हुन् ।

एमालेको एकल बहुमतको हैसियतमा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिनका लागि आज बुधबार डाकिएको बैठकमा माग प्रसस्त गरेको घोषणा गरेकी थिइन् ।

शाक्यको राजिनामा पछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकारमा दाबी गर्नका लागि आव्हान गर्नेछन् ।

एमालेको एकल बहुमतका आधारमा शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन् । अहिले प्रदेशमा एमालेका ४३ जना मात्रै सांसद छन् ।

बागमती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरु रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्रै सांसद मात्र रहेका छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, नेपाली कांग्रेसको २२, विवेकशील साझा पार्र्टीको ३, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० का २ जना, राप्रपाका २ र जनता समाजवादी पार्टी ९जसपा० को १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

अब बागमतीमा गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको