मेरो जित मात्र नभई सम्पूर्ण व्यवसायीको जित होः गुप्ता
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको मंगलबार भएको निवार्चनमा अध्यक्ष पदमा कृष्ण गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले प्रतिद्धन्दी संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २ सय ४६ मत प्राप्त गरि जित हात पारेका हुन्।
उनले भने ‘ यो मेरो मात्र जित नभई सम्पूर्ण व्यवसायीहरुको जित रहेको बताए।’साथै उनले निवार्चनमा सहभागिता जनाई आफ्नो अमूल्य मत दिएर जित हासिल गराएकोमा सम्पूर्ण व्यवसायी प्रति अभार व्यक्त गरेको छन् ।
अगामि दिनमा प्रतिद्धन्दी साथि पूर्व अध्यक्ष राजकुमार न्यौपानेसंग सल्लाह सुझाव तथा साथको अपेक्षा समेत लिएको उनले बताए।











































