नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

लोकखबर
२०७८ कार्तिक ११, बिहीबार १६:१७

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्रीको शपथ लिएका छन् ।

भडेललाई भौतिक पूर्वाधार,मोक्तानलाई सामाजिक विकास र खनाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको