आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

लोकखबर
२०७८ कार्तिक १२, शुक्रबार ११:२०

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ ।

त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए ।

बिहीबार मात्रै एमाले स्थायी कमिटी बैठक बसेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको