सिमल टारमा कांग्रेसको चियापान कार्यक्रम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमल टारमा आज नेपाली कांग्रेसद्धारा नेपालीहरुको महान पर्व शुभ दिपावली तथा छट पर्वको अवरसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । आज भएको चियापान कार्यक्रममा करिब एक सय जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांगेसमा प्रवेश गरेका हुन् ।
कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम कांग्रेस ११ नम्बर वडा समितिका सभापति दिपक उप्रेतिको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसको नगर सभापति उत्सव इटनी तथा पूर्व नगर सभापति आन्नद राम पराजुली, १ नम्बर वडा अध्यक्ष सविन न्यौँपाने, नेपाली कांग्रेसको क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, तरुन दल नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।













































