मकवानपुरगढीमा ‘अस्थायी प्रहरी चौकी धादिङ्ग’ स्थापना

लोकखबर
२०७८ कार्तिक १२, शुक्रबार १४:२८

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ स्थित धादिङ्गमा आज ‘अस्थायी प्रहरी चौकी धादिङ्ग’ स्थापना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा आज बिहान ७ बजेको समयमा प्रहरी चौकी स्थापना गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, स्थानीय जनप्रतिनिधि, पत्रकार र स्थानीय वासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।

Open photo

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको