चाँदीका गर गहनासहित एक जना पक्राउ
चाँदीका गर गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा विरगन्ज महानगरपालिका वडा नम्बर १ को ३९ वर्षीय रामबाबु साह सोनार रहेको छ।
भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भई प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले गाएको बिहिवार विहान १२:४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिर्सियामा भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको बि आर २२ एसि ४०९९ नम्बरको पल्सर मोटसाइकलमा सवार रहेको सोनारनिम्न स्थान बस्ने निम्न व्यक्तिलाई रोकी तलासी लिँदा रातो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.०४५ ग्राम फेला परेको थियो ।
उनलाइ उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता नायव उपरीक्षक प्रहरी ओम प्रकाश खनालले बताए।












































