पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा थापा पक्राउ

लोकखबर
२०७८ कार्तिक १४, आईतवार १४:११

काठमाडौं । डिभोर्स भैसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’लाई पक्राउ गरेको हो ।

थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ५२ वर्षीय भोजराज थापा काठ व्यवसायी हुन् । पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।रातोपाटीबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको