निःशुल्क आँखा शिविरमा सय भन्दाबढीले लिए सेवा

लोकखबर
२०७८ कार्तिक १४, आईतवार १४:४३

मकवानपुर । हेटौंडा–१४ मा आयोजना भएको निःशुल्क १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । शनिबार सामुदायिक आँखा अस्पताल र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा शिविर संचालन भएको थियो।

शिविरमा १ सय ५० जनाले सेवा लिएका छन् । जसमध्ये आँखामा मोतीविन्दुको समस्या देखिएका बिरामी २१ जना रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जनाएको छ। २१ जना मोतीविन्दुका बिरामीलाई सामुदायिक अस्पतालमा आवासको व्यवस्थासहित तिहारपछि निःशुल्क शल्यक्रिया गरिने श्रेष्ठले बताए।

हेटौंडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा भएको आँखा शिविरमा हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्का, सांग्रिला डेभलपमेन्ट लिमिटेडका बैंकका शाखा प्रवन्धक रुपक मैनाली लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको