आँखा दान गर्नेको संख्या बढ्दै

लोकखबर
२०७८ कार्तिक १४, आईतवार १५:३६

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालमा हालसम्म एक हजार भन्दाबढीले आँखा दान गरेका छन् । मृत्युपश्चात् आँखा दान गर्ने निर्णय गरेर अस्पतालमा फर्म भर्नेको संख्या अहिलेसम्म एक हजार भन्दाबढीले आँखा दान गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जनाएको छ ।

उनले भने अहिलेसम्म १८ जनाले आँखा दान गरिसकेको छ । आँखा अस्पतालमा आँखा दान गर्नेको संख्या बढ्दै गइरहेको पनि उनले बताए। हाल अस्पतालमा दैनिक ३ सय आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा जलविन्दु, मोतीविन्दु लगायतका आँखाका रोग भएका बिरामी बढी आउने गरेको उनले जनाएको छ।

अस्पतालमा आउने आँखाका सबै खाले बिरामीलाई आँखासम्बन्धी डाक्टरहरुमार्फत् उपचार भइरहेको श्रेष्ठले बताए। आँखा अस्पतालमा मरणोपरान्त आँखा दान गर्नेहरुले फर्म भरेर दान गर्न सकिने उनले बताए।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको