४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

लोकखबर
२०७८ कार्तिक १४, आईतवार १५:५८

सांकेतिक तस्बिर

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको