अर्थ सम्बन्धि समस्या हल गर्न अर्थमन्त्री शर्मालाई अध्यक्ष अग्रवालको ध्यानाकर्षण पत्र

लोकखबर
२०७८ कार्तिक १४, आईतवार २२:१३

मकवानपुर / मकवानपुर उद्योग वाणिज्य (मउवा) संघका नव निर्वाचित अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) ले व्यवसायमा अर्थ क्षेत्रको समस्याहरु हल गर्नको लागि पहल गर्दिनको लागि अर्थमन्त्री जर्नादन शर्मा समक्ष पत्र बुझाएका छन् । आइतबार (आज) हेटौंडामा एक कार्यक्रमका लागि आएका अर्थमन्त्री शर्मालाई अध्यक्ष गुप्ताले १२ बुँदे पत्र पेश गरेका हुन् ।

व्यवसाय क्षेत्रमा रहेका विभिन्न समस्या र जटिलतालाई सरलीकृत गर्न जरुरी रहेको भन्दै अर्थमन्त्री शर्माको कार्यकालमा उक्त समस्याहरु हल गर्नको लागि पहल गर्दिनको लागि अनुरोध गर्दै उक्त पत्र पेश गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताको बताएका छन् ।

कर सम्बन्धमा एकद्धार प्रणाली कायम गर्न, अण्डर विलिड्डको समस्या भन्सार वा उत्पादन स्थलबाटै हल गर्नको लागि पत्रमा उल्लेख गरिएको छ । यस्तै नापतौल कार्यालय बागमती प्रदेशमै स्थापना गर्न समेत पहल गरिदिन अनुरोध गरिएको छ भने साना व्यवसायीलाई उच्च प्राथमिकता दिँदै वजेटमा उचित सम्बोधन गर्न पहल गर्न आग्रह गरिएको छ ।

यस्तै बैंक व्याज एक डिजिटलबाट नबढ्ने प्रबन्ध मिलाउन पहल गर्न आग्रह गरिएको छ भने स्थानीय खाद्यान्न उत्पादनमा लाग्ने अन्तशुल्क खारेज गर्न आग्रह गर्दै दोहोरो दर्ता प्रणाली खारेज गर्न पहल गरिदिन लगाएतको अनुरोध गर्दै अर्थमन्त्री शर्मालाई अध्यक्ष गुप्ताले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र:

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको