ट्याक्टर दुर्घटना परि तीन जनाको मृत्यु

लोकखबर
२०७८ कार्तिक १७, बुधबार ११:४३

जाजरकोट । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको ज्यान गएको हो।

नलगाड-८ का विनोद परियार घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए। ट्याक्टर नम्बर खुलेको छैन।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको